गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति
पाेखरा | मंसिर ३०, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रम अन्तर्गत आज सम्पन्न भेलाले किसान परियारको संयोजकत्वमा गोगन मा.वि.भुपु विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ ।
मञ्चको सह संयोजकमा रेशम रानाभाट, सचिवमा बिनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी रहनुभएको छ । मञ्चका सदस्यहरूमा किर्तीराज खनाल, अजय घिमिरे, दिपक पौडेल, विश्वर्र्ण बस्नेत हुनुहुन्छ ।
यस अघि कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै विद्यालयको सर्वाङ्गिण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुुभएको थियो । विद्यालयको समग्र उन्नयनका लागि भुपुु विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
किसान परियारको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मोहनराज बरालद्वारा सञ्चालित कार्यक्रममा स्वागत संयोजक हरिश्चन्द्र अधिकारीले गर्नुभएको थियो ।
नवगठित मञ्चका संयोजक परियारले मञ्चको विधान निर्माण गरी तत्कालै सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने र विभिन्न क्षेत्रमा रहेका भुपु विद्यार्थीलाई पहिचान गरी विद्यालय र उनीहरूबीच समन्वय गर्दै अघि बढीने बताउनुभयो ।
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

